भारतबाट अवैध औषधी भित्र्याउने दुई पक्राउ

50

मोरङ । भारतबाट अवैध रुपमा भित्र्याउँदै गरेको औषधीसहित दुईजनालाई प्रहरीले पक्राउ गरेर कारबाहीका लागि औषधी विभागको कार्यालय बुझाएको छ।

विराटनगर १० सन्सारी माईस्थान नजिक भारतीय नम्बर प्लेट बीआर ३८ एएल ४६३९ नम्बरको सुपर स्पिलिण्डर मोटरसाइकल चेकजाँच गर्ने क्रममा बिना बिलबिजको औषधी सोमबार बरामद भएको थियो।

अवैध रुपमा दुईलाख १८ हजार मूल्य बराबरको औषधी लिएर आएका विराटनगर १६ का किसन चौधरी र भारत अररियाका प्रविनकुमार सहानेलाई नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिएका छन्।

उनीहरुले ल्याएको औषधी मोटरसाइकलसहित थप कारवाहीका लागि औषधी व्यवस्था विभागको कार्यालय विराटनर बुझाइएको जानकारी दिइएको छ।

प्रहरीले उनीहरुले मोटरसाइकलमा ल्याउँदै गरेका विभिन्न ७ प्रकार औषधी बरामद गरेको थियो। जसमा एस्थालिन १०० थान, भान्कोगेन १०० थान, मेगाप्रिड १० थान, डिस्टिनन १० थान, लोबेट ५ थान, टरलिस्टा २ थान, मिलिरोन २ थान रहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here