पर्सा । पोखरीया नगरपालिका-९ बैरिया बस्ने राज कुमार मुखियाले आफ्नै घरमा म.प्र.०३- ००१ ह १३३९ नम्बरको अटो रिक्सा चार्ज गर्ने क्रममा विद्युत सर्ट भई गए राति आगलागी हुँदा अटो रिक्सा, साईकल १ थान, अन्नपात तथा घर जलेर करिब ६ लाख ५५ हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।


















