सुनको मूल्यमा सामान्य गिरावट

36

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको हो। सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँ कायम भएको थियो ।

आज भने घटेर १ लाख ५५ हजार रुपैयाँ कायम भएको हो । यस्तै चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १ हजार ८६० रुपैयाँ कायम भएको मंगलबार घटेर तोलामा १ हजार ८२० रुपैयाँ कायम भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here