काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमले फागुनमा अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ एन्फाले सार्वजनिक गरेको तालिका अनुसार फागुन ५ गतेदेखि १४ गतेसम्म अन्तर्राष्ट्रिय प्रतियोगिता हुने छ ।
नेपालले कीर्गिस्तान, लेबनान, म्यानमारसँग खेल्ने छ ।
तालिका अनुसार नेपालले फागुन ५ मा किर्गिस्तान, फागुन ८ मा लेवनान र फागुन ११ मा म्यानमारसँग खेल्नेछ । नेपालका सबै खेल साँझ साढे ५ बजेदेखि सुरुहुने छ । अन्य खेलहरु भने दिउँसोको समयमा पनि खेलाइने छ ।
शीर्ष २ टिमले उपाधिका लागि फागुन १४ गते प्रतिस्पर्धा गर्ने छन् ।















