स्मार्टफोन पहिचान बनाउन नसक्नुको बिल गेट्सका गलत निर्णय

50

एन्ड्रोइडका को–फाउन्डर रिच माइनरले माइक्रोसफ्ट कम्पनीले स्मार्टफोनको बजारमा आफ्नो पहिचान बनाउन नसक्नुको कारण बिल गेट्सका गलत निर्णयहरू रहेको जनाएका छन् ।

रिच माइनरले माइक्रोसफ्टको ४०० अर्ब डलरको मोबाइल बजारमा असफलतासम्बन्धी आफ्नो प्रतिक्रिया पनि दिएका छन् । माइनरका अनुसार बिल गेट्सले स्मार्टफोनको प्रतिस्पर्धामा एन्ड्रोइडलाई पछाडि पार्ने धेरै प्रयास गरेका थिए । तर, ती प्रयास सफल भएनन् । यसको मुख्य कारण कतै न कतै बिल गेट्सका निर्णयहरू थिए ।

‘मैले वास्तवमै एन्ड्रोइड बनाउन मद्दत गरेँ ताकि माइक्रोसफ्टले फोनलाई त्यही तरिकाले नियन्त्रण गर्न नसकोस्, जसरी कम्पनीले पीसीलाई नियन्त्रण गरेका थिए,’ माइनरले भने ।

माइनरले माइक्रोसफ्टको गल्तीबारे गेट्सका टिप्पणीको जवाफ दिँदै एक्समा लेखेका छन् । उनले भनेका छन्, ‘मैले २००२ मा अरेन्जसँग पहिलो विन्डोज मोबाइल फोन, एसपीभी लन्च गर्न मद्दत गरेको थिए । मलाई चिन्ता थियो कि एमएसएफटीले मोबाइललाई पनि त्यही तरिकाले नियन्त्रण गर्नेछ, जसरी कम्पनीले पीसी इन्डस्ट्रीलाई गरिरहेको छ । म केही फरक चाहन्थे। त्यसैले, माफ गर्नुहोस्, बिल गेट्स… तपाईंले ४०० अर्ब डलरको घाटाका लागि आफूलाई जति जिम्मेवार मान्नुभएको छ, त्योभन्दा धेरै जिम्मेवारी लिनुपर्नेछ ।’

गेट्सले इभेन्टब्राइटकी सीईओ जुलिया हाट्र्जसँगको अन्तर्वार्तामा मोबाइल प्लेटफर्म बनाउनुनै उनीहरूको सबैभन्दा ठूलो गल्तीमध्ये एक भएको समेत बताएका थिए । यस गल्तीले माइक्रोसफ्टलाई सम्भावित बजार मूल्यमा लगभग ४०० अर्ब डलरको घाटा पुर्‍याएको उनको अनुमान छ ।

एप्पलले सन् २००७ मा आइफोन लन्च गरेको थियो, र सेप्टेम्बर २००८ मा गुगलले एन्ड्रोइड लन्च गरेको थियो, जसले गर्दा यी दुई कम्पनी अगाडि बढ्न सफल भए । तर, माइक्रोसफ्टले अक्टोबर २०१० सम्म विन्डोज फोन ७ सार्वजनिक गर्न सकेन ।यस ढिलापनको प्रत्यक्ष फाइदा एप्पल र एन्ड्रोइडले पाए । यसको कारण एन्ड्रोइड र एप्पलले मोबाइल बजारको ९९.९ प्रतिशत भाग ओगट्न सफल भएको छ । माइक्रोसफ्ट मोबाइल असफल हुँदा गुगल र एन्ड्रोइडलाई फाइदा पुग्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here