नेपाली इतिहासका एक क्रान्तिकारी : ‘शक्ति दाइ’

299

 काठमाडौं / चिनेजानेका र सहकर्मीहरुले आत्मीयतापूर्वक ‘शक्ति दाइ’ भनी सम्बोधन गर्ने नेपाली इतिहासका एक क्रान्तिकारी एवं जनपक्षीय राजनीतिक नेता, एक आदरणीय एवं अग्रज वरिष्ठ पत्रकार, स्थापित क्रान्तिकारी साहित्यकार हुन् शक्ति लम्साल ।

 यी निष्कलंक एवं संघर्षशील पात्रको सरल र अत्यन्त नैतिक तथा निष्ठापूर्ण आचरण, आजीवन जनपक्षधरता र निरन्तर लेखन– वर्तमान पुस्ताका लागि सधैं प्रेरणाका स्रोत रहिरहेका छन् । नेपाली समाजले यी हस्तीलाई गुमाएको तीन वर्ष बित्यो।

शक्ति लम्सालको संक्षिप्त जीवनी

नामः शक्ति लम्साल
टेकनामः रुख, गुलाब, अजय, आजाद, पथिक
जन्ममितिः १९(३ चैत २२ ९७ अप्रिल, १९३६)
जन्मस्थानः चारुमार्ग, चाबहिल, काठमाडौं
बाबुआमाः सु। कृष्णप्रसादरराधादेवी लम्साल
शिक्षाः मेट्रिक
ठेगानाः कामनपा- ४, चण्डोल (वंशीधरमार्ग)
परिवारः श्रीमती कृष्णा, छोरा सन्तोष र छोरी प्रज्ञा
निधनः २०७२ कात्तिक २४ गते राति ९ बजे (त्रिवि शिक्षण अस्पताल)

शक्ति लम्सालको राजनीतिक(सांगठनिक संलग्नताः

– २००८ सालमा भारतको तेलाङ्गना हतियारबन्द विद्रोहका नेता कृष्णचन्द्र शास्त्रीबाट कम्युनिस्ट राजनीति र विचारधाराप्रति आकर्षित ।
– २००९ मा साहित्यकार रमेश विकलले बुढीऔंलाको रगतले सहीछाप गराई सदस्यता फारम भराएपछि २०१० मा संस्थापक महासचिव पुष्पलाल श्रेष्ठबाट नेपाल कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त । प्रारम्भमा विद्यार्थी र युवक सङ्घमा आबद्ध ।
– नेपाल कम्युनिस्ट पार्टीको प्रथम अधिवेशन (२०१०, पाटन) मा चौतारा (सिन्धुपाल्चोक) बाट प्रतिनिधित्व
– २०१४ मा सम्पन्न दोस्रो महाधिवेशन ९फोहरा दरबार, काठमाडौं० मा प्रतिनिधि छानिए पनि प्राविधिक कारणले सहभागी हुन नसकेको ।
– २०१८ मा सम्पन्न प्रशिद्ध दरभंगा प्लेनम ९विस्तारित बैठक० मा सहभागी ।
– २०१९ मा सम्पन्न तेस्रो महाधिवेशन ९मोतीमहल, वाराणसी० मा सहभागी ।
– २०४१ मा सम्पन्न पाँचौं महाधिवेशनमा प्रतिनिधिका रूपमा सहभागी ।
– २०५१ मा सम्पन्न नेकपा ९माओवादी० को तेस्रो विस्तारित बैठकमा प्रतिनिधिका रूपमा सहभागी । बैठकद्वारा केन्द्रीय सल्लाहकारमा नियुक्त ।
– सन् १९५७ मा प्रथम समाजवादी देश सोभियत सङ्घको मस्कोमा सम्पन्न सातौं विश्व युवा विद्यार्थीको सम्मेलनमा जानबाट प्राविधिक कारणले वञ्चित ।
– २०३५ देखि ०४६ सम्म नागरिक अधिकार मञ्चको संयोजक ।
– २०१३ मा पश्चिम नेपाल युवक सङ्घको प्रचारमन्त्री ।
– जनअधिकार सुरक्षा समितिका केन्द्रीय सदस्य ।
– सर्वजातीय अधिकार मञ्चका केन्द्रीय सदस्य ।
– प्रगतिशील लेखक सङ्घ ९प्रलेस० का केन्द्रीय उपाध्यक्ष ।
– पारिजात स्मृति केन्द्रका संस्थापक सदस्य ।
– अखिल नेपाल जनसांस्कृतिक सङ्घका केन्द्रीय संयोजक ।
– संयुक्त राष्ट्रिय जनआन्दोलन संयोजन समितिका केन्द्रीय सदस्य ।
– राष्ट्रिय जनआन्दोलन संयोजन समिति ९२०५३० का केन्द्रीय सदस्य ।
– संयुक्त जनमोर्चा नेपालका केन्द्रीय सदस्य ९२०४७० ।
– संयुक्त लोकतान्त्रिक मोर्चा नेपालका संस्थापक केन्द्रीय सदस्य ।
– अखिल नेपाल किसान सङ्घ तथा युवक फेडेरेसनमा समेत केही समय आबद्ध भई सक्रिय ।
– शान्ति ऐक्यबद्धता नागरिक आन्दोलन ९२०६२(६३० मा संलग्न भई गिरफ्तार ।
– नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य ।
– २०५४ मा जनपक्षीय पत्रकार सङ्घका केन्द्रीय संयोजक ।

-तत्कालीन जनजिब्रो मासिक (हाल साप्ताहिक) को अनुरोधमा शक्ति दाइ आफैंले लेखेर जीवनका महत्त्वपूर्ण कार्य र अनुभूतिबारे उपलब्ध गराउनुभएको तथ्य–तथ्यांकमा आधारित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here