काठमाडौं / बलिउड अभिनेत्री प्रियंका चोपडा र अमेरिकी गायक निक जोनस छिट्टै विवाहबन्धनमा बाँधिदै छन् । प्रियंका र निकले डिसेम्बर २ मा बिहे गर्ने भएका छन् ।
यसै वर्षको डिसेम्बरमा गरिने भएको विवाह यसअघि दुवैको विवाह सन् २०१९ को जनवरीमा हुने कुरा थियो । एकअर्कासँग डेटिङ गरेको केही महिनाभित्रै दुईजनाले टीकाटालो गरिहाले । त्यसपछि बिहेको खबर पनि फैलिन थाल्यो । अनि बिहेको मिति पनि निर्धारित गरियो ।
निक त प्रियंकासँग जतिसक्दो चाँडो बिहे गर्ने सुरमै थिए । पहिला ढिलै बिहे गरौं भन्ने प्रियंका पनि अब चाहिँ छिट्टै बिहे गरेर पारिवारिक जीवनलाई अघि बढाउने सोचमा छिन् । आफूहरूबीचको प्रेमलाई सही दिशा दिने उचित समय आइसकेको दुवैको धारणा छ ।
दुवैले डिसेम्बर २ मा राजस्थानमा बिहे गर्ने भएका छन् । बिहे जोधपुरको मेहरानगढ किल्लामा हुने जनाइएको छ । एजेन्सी

















