सिराहा । गोलबजार नगरपालिका-११ बल्कबाबाट कटुवा पेस्तोल १ थान सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही नगरपालिका-१२ बेतौना बस्ने १९ वर्षीय प्रमोद ठाकुर र १९ वर्षीय बिष्णु कुमार महतो रहेका छन् । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पेस्तोल सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
















