अब दुई दिनभित्रै उपत्यकामा ‘होल्ड’ भएको फोहोर उठिसक्ने

118

काठमाडाैं । काठमाडौं महानगरपालिकाले अब दुई दिनभित्रै उपत्यकामा ‘होल्ड’ भएको फोहोर उठिसक्ने जनाएको छ । उपत्यकाको फोहोर ढुवानीमा निजी क्षेत्रका ३० भन्दा बढी ट्रक र टिपर प्रयोग भइरहेका छन् ।

यस्तै महानगरसँग बन्चरेडाँडामा फोहोर ढुवानी गर्ने १३ कन्टेनर छन् । महानगरका प्रवक्ता नवीन मानन्धरका अनुसार निजी क्षेत्रको सहयोगले उपत्यकाको फोहोर व्यवस्थापनमा निकै सहज भएको छ ।

महानगरसँग फोहोर फाल्ने पर्याप्त कन्टेनर नभएको अवस्थामा निजी क्षेत्रबाट ट्रक तथा टिपरको सहयोग मिलेकाले फोहोर व्यवस्थापन छिटो हुने प्रवक्ता मानन्धरको भनाइ छ  ।

पछिल्लो तीन दिनयता स्थानीयले अवरोध पनि गरेका छैनन् । उनीहरूले आफ्ना माग पूरा गर्न पाँच दिनअघि एक साताको समय दिएका थिए । यद्यपि, महानगरले सात दिनमा माग पूरा नगरे फोहोर व्यवस्थापनमा पुनः अवरोध गर्ने स्थानीयले बताएका छन् ।
काठमाडौंको दरबारमार्ग, कमलादी, पुतलीसडक, मैतीदेवी, गौशालालगायत क्षेत्रका फोहोर आइतबार उठाइएको छ । यी स्थानबाट दुई सय ५० वटा गाडी फोहोर बन्चरेडाँडा पुर्‍याइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here