बम विस्फोटमा मृत्यु हुने नेपाली नभए को हुन् ? – गृहमन्त्री थापाको भनाईप्रति प्रश्न गर्दै सांसदहरु

202

काठमाडौं /  राजधानीमा भएको बम विस्फोटबारे सोमबार संसदलाई जानकारी गराउँदै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ को अभिव्यक्ति विवादमा मुछिएको छ ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले राजधानीको बम विस्फोटमा मृत्यु भएका नागरिक सामान्य नागरिक नभएको भन्ने गृहमन्त्री थापाको भनाईप्रति आपत्ति जनाएका छन् ।

गृहमन्त्री थापाले बम विस्फोटमा मारिनेहरु सामान्य नागरिक नभएको अभिव्यक्ति दिएको भन्दै कांग्रेसका सांसदहरुले त्यसप्रति आपत्ति जनाएका हुन् । उनीहरुले घटनामा मारिने ‘कुन देशका नागरिक हुन्’ भनि गृहमन्त्रीलाई प्रतिप्रश्न गरे ।

सांसद पुष्पा भुसालले शान्ति सुरक्षाको प्रत्याभूति गर्न नसक्ने सरकारले हठ नत्याग्ने र विप्लवले पनि आफ्नो हिंसा नत्याग्ने हो भने त्यसको पीडा सर्वसाधरणले कहिले सम्म भोग्नुपर्ने भनी प्रश्न गरिन् ।

उनले सोधिन्,’गृहमन्त्रीले राजधानीमा भएको विष्फोटमा परि मृत्यु भएका ४ जना नेपाली जनता होइनन्, नेपाली नागरिक होइनन् भन्नुभयो । उनीहरु नागरिक होइनन् भने को हुन्?’

सांसद लक्ष्मी परियारले मृत्यु भएकाहरु नेपाली होइनन् भने को हुन् ? भनी प्रश्न गरिन् । त्यस्तै, सांसद पार्वति डिसी चौधरीले पनि बम विष्फोटमा परि मृत्यु हुने नेपाली नभए को हुन् भनी प्रश्न गरिन् ।

यो पनि पढ्नुहोस् :

http://swaviman.com/news/2019/05/27/37533.phtml

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here