मोटरसाइकल चोरीमा संलग्न पाँच पक्राउ

67

 

काठमाडौं- मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। मोरङ जिल्लाका विभिन्न स्थानबाट को३०प ७६९२ र को३७प १३२३ नम्बरको मोटरसाइकल चोरीमा संलग्न पाँच जनालाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा मोरङ कटहरी गाउँपालिका-६ बस्ने वर्ष १९ वर्षीय प्रकाश सरदार, मोरङ धनपालथान गाउँपालिका- ५ बस्ने वर्ष २० का दिपेशकुमार सरदार, सोही गाउँपालिका- ६ बस्ने २१ वर्षका विजय सहनी, सोही स्थानका २५ वर्षीय जितेनकुमार राय र विराटनगर महानगरपालिका-८ बस्ने २० वर्षीय रोहित चौधरी छन्।

उनीहरुलाई मोरङ जिल्ला अदालतबाट चोरी कसुरमा सात दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here