एन्फा महिला लिगमा प्लेअफ चरणका खेल शुरू

47

काठमाडाैं । एन्फा महिला लिग फुटबल अन्तर्गत प्लेअफ चरणका खेलहरू आजदेखि शुरू हुने भएकाे छ ।

आज हुने एलिमिनेटर खेलमा सुपर लिग चरणमा तेस्रो स्थानको नेपाल पुलिस क्लबले चौथो स्थानको बाग्मती युथ क्लबसँग खेल्ने तालिका रहेकाे छ ।

यो खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा दिउँसो पौने ३ बजे शुरू हुनेछ । यसअघिका तीन खेलमध्ये दुई खेल गोलरहित बराबरीमा रोकिएका थिए भने एक खेल पुलिसले जितेको थियो ।

लिग चरणका आठ खेलमध्ये पुलिसले तीन जीत र एक बराबरीसँगै १० अङ्क बनाएर प्लेअफमा पुगेको हो ।  त्यसैगरी बाग्मतीले भने ८ खेलबाट चार अङ्क जोडेर प्लेअफमा स्थान बनाएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here