काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले ताप्लेजुङको पाथीभरा क्षेत्रमा केबलकार निर्माणको विरोधमा उत्रिएको समूहमाथि प्रहरीले दमन गरेको भन्दै विरोध जनाएका छन् ।
कुनै पनि प्रकारको विकास स्थानीय समुदायको सहमति र सांस्कृतिक मूल्यको संरक्षण विना हुन नसक्ने भन्दै महतोले सो क्षेत्रमा केबलकार बनाउने योजना खारेज गर्न माग गरेका छन् ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले आज विज्ञप्ति निकालेर प्रहरीले दमन गरेको भन्दै भर्त्सना गरेका छन् । साथै उनले घाइतेहरुको शीघ्र उपचार र न्याय सुनिश्चित गर्न तथा आन्दोलनरत नागरिकहरूसँग वार्ता र संवाद मार्फत समस्या समाधान गर्न पनि माग गरेका छन् ।

















