विराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका-११ मा प्रहरीले चलाएको गोली लागेर घाइते भएकाहरूलाई थप उपचारका लागि काठमाडौं लगिने भएको ।
प्रहरीको गोली लागेर गम्भीर घाइते भएका दुई जना र झडपकै क्रममा घाइते भएका अर्का एक जनालाई काठमाडौं लिन लागिएको हो । मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादका अनुसार घाइतेहरू यामबहादुर लिम्बु, सगुन लावती र धर्मान पालुङ्वालाई काठमाडौं लिन लागिएको हो ।
घाइतेको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार सम्भव नभएपछि राति नै विराटनगरको नोबेल मेडिकल कलेजमा ल्याइएको थियो ।
केबलकारका कारण पहिचान मेटिने आन्दोलन सुरु गरेको ‘नो केबलकार समूह’ आज आइतबारबाट थप आन्दोलन गर्ने तयारी गरेको थियो । आन्दोलनकारीलाई तितरवितर पार्न शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरी खटिको थियो । शनिबार बेलुका करिब ६ बजे पाथिभरा क्षेत्रको बलुडाडामा प्रहरी पुगेपछि आन्दोलनकारीले ढुंगामुढा गरेका थिए । त्यसपछि प्रहरीले गोली चलाएको थियो ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी रवि रावलका अनुसार झडपमा केही प्रहरी पनि घाइते भएका छन् ।


















