नेपाल खुल्ला विश्वविद्यालयमा स्नातक तहमा नेवाः अध्ययन अध्यापन 

29

काठमाडौं । नेपाल खुल्ला विश्वविद्यालयले नेवाः अध्ययन स्नातक तहमा अध्यापन गराइने भएको छ ।

यस विश्वविद्यालयले एउटा सुचना प्रकाशन गरि सामाजिक शाश्त्र भित्र चार बर्षे स्नातक तहको लागि भर्नाको  आवेदन खुलेको हो ।

नेवाः अध्ययनमा नेवाः भाषा विज्ञान, साहित्य, संगीत, अर्थशाश्त्र, राजनीति लगायतको विषय समावेश भइरहेको  छ । ं२ कक्षा पास भएको विध्यार्थीहरूले आवेदन दिन सकिने छ । यस अध्ययन भौतिक उपस्थित बिना कक्षा लिन सकिने छ । भर्चुअल क्लास हुने भएकाले  संसारका जुनसुकै स्थानमा बसेर कक्षा लिन सकिने भएको छ ।

भौतिक कक्षा लिन नभ्याउनेहरूका यस राम्रो विकल्प सावित भएको छ । यही फागुण ५ गते भित्र हुनु पर्ने छ । नेपाल भाषा अध्ययनका साथै यस विश्वविद्यालयले तमांग मगर, किरात, इस्लामिकको लागि  पनि भर्ना आह्वान गरेको छ । यस प्रकारको अध्यापन देशमै पहिलो पटक हुन लागेको हो ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here