काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद विनिता कठायतले पोखरमा आफूहरू बसेको होटलको सीसीटीभी फुटेज माग गरेकी छन्।
आइतबार कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा उजुरी पेश गर्दै उनले पुस २९ गते आफूहरू बसेको पोखरास्थित होटल ओपन हाउसको सीसीटीभी फुटेज माग गरेकी हुन्।
उनले रास्वपामाथि समितिका सदस्यहरुले अनावश्यक टिप्पणी गरेको भन्दै समिति बैठकमा आपत्ति जनाएकी थिइन्। सो विषयमा प्रमाण लिएर आउनू भनेपछि कठायतले सीसीटीभी फुटेज माग गरेकी हुन्।
होटल ओपन हाउसको राति ८ देखि १० बजेसम्मको फुटेज झिकाउन माग गरेकी छन्। उनले त्यस दिन भएको खर्चको विवरण पनि उनले झिकाउन माग गरेकी छन्।
कृषि समितिका सदस्यहरु पुस २४ गतेदेखि नेपालगञ्जबाट अनुगमन गर्न सुरु गरेका थिए। ६ दिने अनुगमनको क्रममा कृषि समितिका सदस्यहरू २९ पुसमा पोखराको उक्त होटलमा बसेका थिए।


















