संविधानकाे आधारभूत कुरामा परिवर्तन नहुने

70

काठमाडाैं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानमा केही हेरफेर भए पनि आधारभूत कुरामा परिवर्तन नहुने जनाएका छन्।

आइतबार काठमाडौंमा आयोजित मीनकुमारी राणा प्रतिष्ठानको छात्रवृत्ति वितरण कार्यक्रम बोल्दै उनले फेरि अर्को व्यवस्था खोज्न थालिए अर्को दश वर्ष पनि खेर जाने टिप्पणी गरे।

‘यो संविधानमा तलमाथि केही फेरबदल गर्ने हो, गरौंला,’ थापाको भनाइ छ, ‘तर, यो संविधानका आधारभूत कुराहरु हामीले चलाउने हो। फेरि हामी अर्को विकल्प, अर्को व्यवस्था हामी कसैले सोचिरहेका छौं भने यो मान्नुहोला अर्को दश वर्ष फेरि खेर जान्छ। यो भारी व्यवस्थालाई बोकाउने काम नगरम।’

संविधान अनुसार आवधिक निर्वाचन हुने र जित्नेहरुले सरकार चलाउने भन्दै थापाले यसलाई सामान्य प्रक्रियाका रुपमा लिनुपर्ने जनाए । यद्यपि आफूहरुले नेतृत्व भने बदल्न खोजेको थापाको भनाइ छ।

‘अहिले हामीसँग एउटा संविधान छ, पाँच-पाँच वर्षमा चुनाव हुन्छ,’ उनले भने, चुनावमा पार्टीहरु आउँछन्। जित्छन्, हार्छन। एउटा पार्टी हारेर केही पनि फरक पर्दैन। हाम्रो पार्टीले राम्रो गरेन भने अर्कोपटक चुनाव हार्छौं हामी। केही हुँदैन। एउटा नेता मन्त्री, प्रधानमन्त्री हुने पनि ठूलो कुरा होइन। एउटा महत्वपूर्ण कुरा हो नेतृत्व बदल्ने।’

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here