सुडानी प्रधानमन्त्री हाम्दोकको हत्या प्रयास

180

एजेन्सी – सुडानका प्रधानमन्त्री अब्दल्ला हाम्दोक हत्याप्रयासमा बच्न सफल भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।

राजधानी खार्तुममै कार्यालयतर्फ जाँदै गर्दा उनको कारलाई लक्षित गरी विस्फोट गराइएको थियो।

‘प्रधानमन्त्री अब्दल्ला हाम्दोकको कार जाँदै गर्दा एउटा विस्फोट भयो। तर, धन्य ईश्वर कसैलाई केही भएन,’ प्रधानमन्त्री कार्यालयका निर्देशक अलि बखितले भनेका छन्।

प्रधानमन्त्रीलाई अहिले सुरक्षित स्थानमा लगिसकिएको जनाइएकाे छ ।

घटनाको जिम्मेवारी कसैले लिएको छैन। हाम्दोक गत वर्षको अगस्टमा प्रधानमन्त्री बनेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here