प्रधानमन्त्रीको व्यवहार कुस्ती खेलाडीजस्तो -नेता गगन थापाको टिप्पणी

200

काठमाडौं / प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्रीको व्यवहार कुस्ती खेलाडीजस्तो भएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी ओलीले असंसदीय भाषा प्रयोग गरेको भन्दै त्यसको विरोध जनाएका छन्।

‘तिमीले प्रयोग गर्यौ। त्यसकारणले गर्दा मैले पनि प्रयोग गर्छु। मसँग कुस्ती खेल्ने होरु’ भन्ने ढंगबाट प्रधानमन्त्री संसदमा प्रस्तुत भएको उनले टिप्पणी गरे। त्यसैगरी सभामुख कृष्णबहादुर महराले संसदीय मर्यादा कायम राख्न नसकेको नेता थापाको आरोप छ।

प्रधानमन्त्री केपी ओलीले असंसदीय भाषा प्रयोग गर्दा पनि सभामुख भूमिकाबिहीन अवस्थामा रहेको जनाए ।

बैठकपछि संघीय संसदभवनमा संचारकर्मीसँग संंक्षिप्त प्रतिक्रिया दिँदै नेता थापाले सभामुख सभामुखको भूमिकामा नभई प्रधानमन्त्रीको आदेश पालक बनेको दाबी गरे।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here