चार देशीय फुटबल तयारीका लागि ३९ जना खेलाडी बोलाइयाे

22

काठमाडौं । नेपालको आयोजनामा आगामी फेब्रुअरी १७ देखि २६ सम्म दशरथ रङ्गशालामा हुने चार देशीय महिला फुटबल च्याम्पियनसीपका लागि ३९ जना खेलाडी बन्द प्रशिक्षणका लागि बोलाइएका छन् ।

महिला फुटबल टोलीको प्रशिक्षकमा नियुक्त भएलगत्तै प्रशिक्षक राजेन्द्र तामाङले ३९ जना प्रारम्भिक खेलाडीहरू छनोट गरेका हुन् । बन्द प्रशिक्षण १ फेब्रुअरीदेखि सुरू हुनेछ ।

प्रशिक्षणमा बोलाइएका खेलाडीहरूमा एन्जिला तुम्बापो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, अमृता जैशी, गीता राना, विमला विक, निशा थोकर, समीक्षा घिमिरे, पूजा राना, अनिता बस्नेत, अमिषा कार्की, अनिता केसी, प्रीति राई, विमला चौधरी, साबित्रा भण्डारी, रेखा पौडेल छन् ।

त्यस्तै रेनुका नगरकोटी, रश्मी कुमारी घिसिङ, सविता राना मगर, सजनी थोकर, चन्द्रा भण्डारी, रेनुका हमाल, सम्झना लावती, सावित्री किसन, सहारा लिम्बु, सुष्मा तामाङ, मनमाया दमाई, हेमा चौधरी, सुजाता तामाङ, बिर्सना चौधरी, सुक्रिया मियाँ, प्रतिक्षा चौधरी, सेमिहाङमा लिम्बु, मिना देउवा, पुष्पकुमारी खड्का, यशोदा शाही, ममता पुन र झुमा विश्‍वकर्मा छन् ।

यसअघि साफ महिला च्याम्पियनसीपको फाइनलमा बंगलादेशसँग पराजित भएपछि प्रशिक्षक राजेन्द्र तामाङले मौखिक रूपमा राजीनामाको घोषणा गरेका थिए ।
आगामी फेब्रुअरीमा हुन लागेको चार देशीय महिला च्याम्पियन्सीप फुटबलअघि तामाङलाई पुन: प्रशिक्षकमा नियुक्त गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here