काठमाडाैं । नेपाली कथानक चलचित्र ‘डोरी’ को नयाँ पोस्टर सार्वजनिक भएको छ। यस चलचित्र चैत्र १५ देखि प्रदर्शन हुन लागेकाे छ ।
चलचित्रकाे पोस्टरले पात्र र कथावस्तुको झलक प्रस्तुत गरेको छ । जसमा चलचित्रका प्रमुख कलाकारहरू प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन र राज थापालाई प्रस्तुत गरिएको छ।
पोस्टरमा मुख्यतः दुई पात्रहरूलाई विशेष रोचक ढङ्गले प्रस्तुत गरिएको छ—एक पात्रले हास्यव्यङ्ग्य झल्काउने भावमा छ भने अर्को पात्र अत्यन्त आक्रोशित मुद्रामा देखिन्छ। यसले कथावस्तुमा हास्य, सङ्घर्ष, र गम्भीर भावनाहरूको मिश्रण रहेको सङ्केत दिन्छ। पोस्टर डिजाइन विजय बस्यालले गरेका हुन्।
‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन्। यसमा वीरेन्द्र सिंह कुशवाहाको पनि अभिनय रहेको छ। चलचित्रमा निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माताको रूपमा राज थापाले जिम्मेवारी सम्हालेका छन्।
‘डोरी’मा स्क्रिप्ट डाक्टर मनोज पण्डित रहेकाे छ ।


















