मस्तिष्कलाई पनि आवश्यक छ व्यायाम

176

एजेन्सी–  स्वस्थ्य मनको असर स्वस्थ्य शरीरलाई पर्छ । मानव शरीरलाई स्वास्थ्य राख्न स्वस्थ्य मस्तिष्क बनाउनु पर्छ र यसका लागि हामीले दिमागलाई पनि कसरत गराउनु पर्छ । दैनिक मस्तिष्कलाई कसरत गराउँदा हाम्रो मानसिक क्षमता विकास हुन्छ । आफ्नो दैनिक कार्यमा सहज पनि हुन्छ । जुन यस प्रकार छ :

१. घरेलु सामानको सूची :

हामीले घरका लागि किन्नु पर्ने सामानको सूची बनाएका हुनसक्छौँ र त्यसलाई नै लिएर पसलमा जान्छौँ । खासमा चाहिँ हामीले सामान किन्न जाँदा त्यो सूची घरमा नै छोडेर जानु पर्ने हुन्छ । अब पसलमा आफूले किन्नु पर्ने सामान खरिद गर्नु पर्ने हुन्छ । कुनै सामान भुलेको जस्तो लाग्यो भने त्यसलाई याद गर्ने प्रयास गर्नुपर्छ । यसले हाम्रो दिमागलाई कसरत हुन्छ ।

२. शब्दहरुको खेल :

यो मस्तिष्कका लागि रमाइलो खेल हो । सिर्फ एक शब्द वा केही चिज सोचेर हामीले त्यसबाट बन्न सक्ने धेरै सामान वा वस्तुहरुको सम्झना गर्न सक्छौँ । यसले पनि मस्तिष्कका लागि कसरत पुग्छ ।

३. दिनचर्या याद गर्ने प्रायः मानिसहरू त्यतिकै समय विताउने गर्छ तर यत्तिकै खाली बसेको समयमा हामीले पूरै दिनभरको कुरा याद गर्न सक्छौँ । त्यो दिन विहानबाट हामीले के गरेका थियौँ, कसरी समय बित्योलगायतका कुरा याद गर्दा हामीलाई सहज हुन्छ । यसले हाम्रो दिमागलाई कसरत पुग्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here