अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ७ महिलाहरु सम्मानित

689

काठमाडौं – अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा  काठमाडौं उपत्यकाका शिक्षिकाहरुको फेसन शो सम्पन्न भएको छ ।

मर्निङ ग्लोरी इन्टरटेनमेन्टको आयोजनामा प्रि–स्कुल टिचर्स फेसन शो सम्पन्न भएको हो । विभिन्न १२ वटा प्रि–स्कुलका शिक्षिकाहरुले फेसन शोमा सहभागिता जनाएका थिए । कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्याउने सात जना महिला अग्रजहरुलाई समेत सम्मान गरिएको मर्निङ ग्लोरी इन्टरटेनमेन्टकी प्रवन्ध निर्देशक मोहना मोथे खनालले जानकारी दिइन् ।

आइएमइ पे र डिजिटल नेपालसँगको सहकार्यमा आयोजित  कार्यक्रममा समाजसेवी एवं महिला उधमी  राज्यलक्ष्मी शाक्य, इन्दिरा राना मगर, गायिका देविका बन्दना, इन्जिनियर सिर्जु दाहाल, अभिनेत्री सञ्चिता लुइँटेल र सञ्चारकर्मी नीता सापकोटालाई सम्मान गरिएको थियो ।

स्वाभिमान अनलाइन मिडिया पार्टनर रहेको उक्त कार्यक्रममा मर्निङ ग्लोरी इन्टरनेसनलकी प्रवन्ध निर्देशक मोहना मोथे खनालकी आमा सुकुमारी मोथेलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले दोसल्ला ओढाएर सम्मान पत्र हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै श्रेष्ठले राज्यका विभिन्न निकायमा रहेका महिलाहरुले आफ्नो जिम्मेवारी कुशलतापूर्वक पूरा गरी महिलाहरु सक्षम छन् भन्ने प्रमाणित गर्दै आएको उल्लेख गरे ।

फेशन शोमा सहभागी शिक्षिकाहरुले मौलिक पहिरन, सारी तथा ककटेल ड्रेसमा सजिएर र्‍याम्प वाकमा सहभागिता जनाएका थिए । कार्यक्रममा हेल्थ पार्टनरको रुपमा रहेको ब्लु क्रस हस्पिटलले सम्मानित महिलाहरुलाई फ्री हेल्थ चेकअप गरिदिने घोषणा समेत गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here