करणी प्रयास : जंगलमा अर्धनग्न युवती भेटिइन्

157

पाल्पा – रामपुर नगरपालिकामा एक युवतीमाथि जबर्जस्ती  गर्ने प्रयास भएको छ। वडा नं ३ स्थित रजघराको सानीअमराई जङ्गलमा जबर्जस्ती करणीको प्रयास भएको हो। आइतबार साँझ जङ्गलबाट अर्धनग्न अवस्थामा रुदै चिच्याउँदै गरेको अवस्थामा २० वर्षीया युवतीलाई स्थानीयले उद्धार गरी प्रहरीलाई खबर गरेपछि मात्र घटना बाहिर सार्वजनिक भएको हो।

सो घटनामा संलग्न वडा नं ३ बस्ने करिब ३३ वर्षीय गणेश पाण्डेयलाई पक्राउ गरी प्रहरीमा बुझाइएको छ। घटनास्थलमा युवतीको भित्री बस्त्र र शुरुवालसमेत फालिदिएको अवस्थामा भेटिएको प्रत्यक्षदर्शी स्थानीय जनाउँछन्। घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। प्रहरीका अनुसार पीडितले किटानी जाहेरी नदिएकाले कानूनी प्रक्रियामा जान ढिलाइ भएको हो।

पीडितले जाहेरी नदिए पनि आरोपित व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दीपेन्द्र जिसीले जनाए ।  पीडित युवती आफन्तको घरमा बसेर मजदूरी गर्दै आएकी थिइन्। रामपुरको बेझाड बजार जान निस्केकी ती पीडित युवतीलाई आरोपित पाण्डेयले एक्लै भएको मौका छोपी बलात्कारको प्रयास गरेको जनाइएकाे छ ।

रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here