सुनको मूल्यमा गिरावट

55

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा केहि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ९०० र चाँदीको १५ रुपैयाँ घटेको हो ।

मंगलबार छापावाल सुनको मूल्य  तोलामा १ लाख ५९ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन १ लाख ६० हजार १०० रुपैयाँ कायम भएको थियो ।

यस्तै चाँदीमा प्रतितोला १५ रुपैयाँले घटेको छ । मंगलबार एक हजार ८३५ रुपैयाँ कायम भएको प्रतितोला चाँदी सोमबार १ हजार ८५० रुपैयाँ थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here