काठमाडौं । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका– ७ स्थित मध्यपहाडी लोकमार्गमा पर्ने भँडारेखोलामा भएको जीप दुर्घटनामा घाइते चालकको भक्तपुरमा उपचार सुरु गरिएको छ ।
सुनसरीको इनरुवा नगरपालिका–२ घर भएका २२ वर्षीय अनिल पण्डितको भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा उपचार सुरु गरिएको हो । उनको हात खुट्टा र शरीरका विभिन्न भागहरुमा चोट रहेको प्रहरीले जनाएको छ ।
पण्डितले चलाएको ना १ ज ६४२१ नम्बरको जीप बिहीबार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको थियो । बिरामी बोकेर खोटाङको दिक्तेलबाट काठमाडौंतर्फ जाँदै गरेको जीप दुर्घटनामा परेको थियो ।


















