काठमाडाैं । सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै माघ १५ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
बैठकमा प्रधानमन्त्रि तथा मन्त्रिपरिषदकाे कार्यालय र अन्तर्गतकाे सङ्गठन तथा व्यस्थापनकाे सर्वेक्षण गरी पूर्वस्विकृती प्रदान गर्ने निर्णय गरेकाे छ ।
त्यस्तै, विश्व बैंकबाट हरित, उत्थानशील र समावेशी विकास कार्यक्रम (दाेस्राे) का लागि विश्व बैंककाे विकास नीति रिण अन्तर्गत प्राप्त हुने एक सय मिलियन डलर सहुलियतपूर्ण रिण सहायत स्विकार गर्ने निर्णय पनि बैठकले गरेकाे छ ।
यसबाहेक बैठकले अन्य १५ वटा निर्णय सार्वजनिक गरेकाे छ ।




















