सिभिल बैंककाे शाखा संख्या १ सय १५ पुग्यो

61

काठमाडौं । “समृद्धिका लागि सिभिल बैंक” भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले शाखा संजाल विस्तार गर्ने क्रममा कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा आफ्नो ११५औं शाखा सञ्चालनमा ल्याएको छ ।

उक्त शाखाको समुद्घघाटन भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले गरे । हालको कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै उक्त उद्घाटन समारोहमा सहभागीको संख्या न्यून गरिएको थियो ।

उक्त शाखा उद्घाटन गर्दै शुभकामना मन्तव्य दिने क्रममा उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले महेन्द्रनगरमा वित्तीय पहुँच बृद्धि गर्नको साथै वित्तीय स्तर बढाउन यस शाखाले टेवा पु¥याउने कुरा बताए ।

ब्यापार व्यवसाय विस्तार तथा रोजगारी श्रृजनाका लागि अनुकुल वातावरणलाई प्रोहत्साहन गरेकोमा बैंकलाई धन्यवाद दिदै उक्त क्षेत्रका बासिन्दाहरुलाई आफुलाई आवश्यक पर्ने पुँजीको लागि बैंकबाट कर्जा लिई आफ्नो व्यवसाय विस्तार गर्न तथा आफुसंग भएको सानो–सानो पुँजीलाई पनि बैंकमा राखी निर्धक्क भई ब्याज आर्जन गर्न आग्रह गरे ।

सिभिल बैंकका डिपोजिट तथा ट्रान्ज्याक्सन बैंकिङ्गका प्रमुख भोला बहादुर विष्टले बैंक भनेको आर्थिक समृद्धिको सहयात्री भएको र बैंकहरुको सहभागिता बिना आर्थिक समृद्धि सम्भब नहुने बताए ।

पूर्व मेची देखि पश्चिम महाकाली सम्म नेपालभर छरीएका ११५ शाखाहरु गुणस्तरिय सेवा प्रदान गर्न कटिवद्घ रहेको तथा हाल विश्वव्यापी रुपमा व्याप्त कोरोना महामारीको विशम परिस्थितिमा बजारमा प्रदान गरीएको व्याजदर भन्दा सिभिल बैंकले सर्वाधिक व्याजदर प्रदान गरिंदै आएकोले यसको लाभ उठाउन अपिल गरे ।

बैंकले हालसम्म करिव छ लाख ग्राहकहरुलाई ११५ शाखाहरु, १० एक्सटेन्सन काउन्टरहरु तथा ८६ एटियमहरु मार्फत सम्पुर्ण बैंकिङ्ग सेवा तथा सुविधाहरु प्रदान गर्दै करीव रु. ९२ अर्व निक्षेप परिचालन गरी रु. ८५ अर्व भन्दा बढी कर्जा लगानी गरिसकेकोे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here