एनएसडीकाे सहकार्यमा नाट्य महोत्सव आयोजना गर्ने

65

काठमाडाैं । नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानले भारतको ‘नेसनल स्कुल अफ ड्रामा (एनएसडी)काे सहकार्यमा काठमाडाैंमा नाट्य महोत्सव आयोजना गर्ने भएको छ।

यही माघ २३ देखि ३० गतेसम्म चल्ने यस महोत्सवमा नेपालका तीन र भारतका तीन गरी ६ नाटक मञ्चन गरिने नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानकी कुलपति निशा पोखरेलले बताइन्। प्रतिष्ठानले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा शर्माले भनिन्, ‘यो नाटक महोत्सवले नेपाल र भारतबिचको सम्बन्धलाई समृद्ध बनाउने हामीले विश्वास लिएका छौँ।

यस महोत्सवले दुई देशका साझा सम्पदा, सृजनशीलता र कलाको गहिरो भाषालाई जोड्ने आशा तथा विश्वास लिएको प्रतिष्ठानले जनाएको छ।

‘यस महोत्सवका लागि नेपालबाट पहिले नै दुईवटा नाटक छानिएका छन्, दिया मास्केको ‘कथा कस्तुरी’ र नम्रता केसीको ‘जून,’ पोखरेलले भनिन्, ‘योसँगै हामीले उत्पादन गरेको नाटक ‘गच्छामी’ निर्देशक सुनिल पोखरेल, सहनिर्देशक वीरेन्द्र हमाललाई महोत्सवमा देखाइनेछ।’

यस कार्यक्रममा भारतको संस्कृति मन्त्रालयका प्रतिनिधिहरू, एनएसडीका उपाध्यक्ष, निर्देशक लगायत प्रतिनिधिहरू र भारतीय पत्रकारको सहभागिता हुने जानकारी शर्माले दिइन्।

नाटकहरू सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर जमलमा निःशुल्क मञ्चन हुनेछन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here