आज पनि सुनको मूल्यमा स्थिर

25

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मूल्य स्थिर रहेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६२ हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ । आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । त्यसैगरी, सोमबार चाँदीको मूल्य भने घटेको छ ।

आइतबार प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ९५ रूपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ घटेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here