काठमाडौं । कुमारी बैंक लिमिटेडको २४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
सोमबार काठमाडौंको स्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन पारित गरेको छ ।
यसैगरी आव २०८१/८२ का लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि साधारण सभाले पारित गरेको छ ।

















