एजेन्सी / प्रिमियर लिग फुटबलमा लिभरपुलकाे जित कायम नै राखेको छ । बुधबार राति भएको खेलमा लिभपुलले वेस्ट ह्यामलाई पराजित गरेकाे थियाे । वेस्ट ह्यामको घरेलु मैदानमा भएको खेलमा लिभरपुलाई जित दिलाउन मोहमद सलाह र आलेक्सले एक–एक गोल गरे ।
खेलको ३५ औँ मिनेटमा सलाहले पेनाल्टी मार्फत गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । ५२ औँ मिनेटमा आलेक्सले गोल गर्दै लिभरपुललाई २–० गोलको जित दिलाए । जितसँगै लिभरपुलले लिगमा १९ अंकको अग्रता बनाएको छ । २४ खेल खेलेको लिभरपुलको ७० अंक छ । दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ५१ अंक छ ।
पराजित वेस्ट ह्यामको २३ अंक छ । वेस्ट ह्याम रेलिगेसन जोन नजिक छ ।
















