एनआईसीका ग्राहकलाई सामसुङ ग्यालेक्सीमा १५ प्रतिशत छुट

170

काठमाडौं / एनआईसी एसिया बैंक लिमिटेड र सामसुङ मोबाइलबीच एनआईसी एसिया बैंकका ग्राहकलाई स्यामसुङ ग्यालेक्सी एस १०÷एस १० प्लस र स्यामसुङ ग्यालेक्सी नोट १०÷नोट १० खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौताअनुसार बैंकका ग्राहकले बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैकिङ सेवा बैंकको आफ्नै पीओएस र क्यूआरमा प्रयोग गरी प्रत्येक मोबाइल खरिदमा १५ प्रतिशत वा अधिकतम ३ हजार रुपैयाँसम्म छुट प्राप्त गर्न सकिने बंैकले जनाएको छ ।

उक्त सम्झौतापत्र बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठी र सामसुङको नेपालस्थित कार्यालयका जनरल म्यानेजर प्रणयरत्न स्थापितले आदानप्रदान गरेका हुन् । यो योजनाको अवधि बिहीबारसम्म मात्रै रहेको पनि बैंकले जनाएको छ ।

बैंकले आफ्नो रणनीतिअनुसार कार्ड तथा मोबाइल बैंकिङबाट गरिने विद्युतीय भुक्तानीलाई अत्यधिक प्रवद्र्धन गर्दै आइरहेको छ ।

यसैअनुरूप बैंकको डेबिट÷क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ सेवाग्राहीहरूले यस बैंकको कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोग गरी विभिन्न सामान तथा सेवा खरिद गर्दा देशभर २ हजार २५ भन्दा बढी मर्चेन्टबाट १ देखि ५० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने पनि बैंकले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here