आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

45

काठमाडौं । सप्तरी, छिन्नमस्ता गाउँपालिका-५ लोखरम बस्ने शिव नारायण शर्माको गोठमा मंगलबार साँझ लागेको आगो फैलिएर सोही ठाउँ बस्ने बाबु साहब खत्वेको घरमा समेत आगलागी हुँदा घर र गोठ पूर्णरूपमा जलेर करिब ४ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

बाँके, कोहलपुर नगरपालिका-१२ रोहिनी खोलास्थित रौतहट चन्दपुर नगरपालिका-७ घर भएका रामधेन शाहले संचालन गरेको खुश्बु सिरक डसना उद्योगमा मंगलबार साँझ आगलागी हुँदा करिब ७ लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here