सवारी दुर्घटनामा दुई जनाको मृत्यु

57

काठमाडौं । रसुवा, नौकुण्ड गाउँपालिका-५ भोर्ले साउने खोलास्थित सडकमा आम्बासबाट पारच्याङतर्फ जाँदै गरेको ना.४ त ९५५२ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार बेलुकी दुर्घटना हुँदा चालक भारत मोतिहारी पकडी दयाल परसा-१३ बस्ने २५ वर्षीय अरवाज महम्मदको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल त्रिशुली नुवाकोटमा उपचारको क्रममा मृत्यु भएको हो । काभ्रे, बनेपा नगरपालिका-१० पुलबजारस्थित सडकमा बा.५ ख ३२४६ नम्बरको टिपरको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेका अन्दाजी २६ वर्षीय पुरूषको गए राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको शिर मेमोरियल अस्पताल बनेपामा उपचारको क्रममा मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here