काठमाडौं । सल्यान, शारदा नगरपालिका-१ श्रीनगरस्थित टाउन प्लानिङ्गमा आयोजित सल्यान महोत्सव मा राखिएका स्टलमा शनिबार राति आगलागी हुँदा ३० वटा स्टलहरू पूर्णरूपमा जलेर करिब ३ करोड ५० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बागलुङ, बागलुङ नगरपालिका-२ नयाँ अदालत रोडस्थित सोही नगरपालिका-१० रायडाँडा बस्ने कर्ण बहादुर थापाको लामघाली ईलेक्ट्रोनिक एण्ड सर्भिस सेन्टर र दिल्ली प्रसाद गौतमको जनप्रिय किचन एण्ड गिफ्ट हाउसमा शनिबार राति आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण हाल खुलेको छैन ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

















