विपक्षी दलले संसदको अवरोध कायमै राख्ने

24

काठमाडौं । सत्तापक्ष भिजिट भिसा  प्रकरणको छानबिनका लागि समिति गठन गर्न तयार नभएसम्म विपक्षी दलले संसदको अवरोध कायमै राख्ने भएका छन्।

सोमबार संसद् भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलको बैठकमा संसद् अवरुद्ध गर्ने रणनीति यथावत् राख्ने निर्णय भएको नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले जानकारी दिएका हुन्।

उनका अनुसार, भिजिट भिसा प्रकरणको निष्पक्ष र पारदर्शी छानबिनका लागि संसदीय समिति आवश्यक रहेको विपक्षीको अडान परिवर्तन भएको छैन।

विपक्षी दलले कांग्रेससँग पनि यसबारे छलफल गरेको थियो। तर आफूहरूको मागमा कांग्रेस समेत तयार नभएको विपक्षीको आरोप छ।

यससँगै आज दिउँसो २ बस्ने तय भएको संसद् बैठक पनि अनिश्चित देखिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here