नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिनु गलत

53

काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) रास्वपाका सांसद गणेश पराजुलीले नेपाल स्टक एक्सचेञ्जलाई स्थिरीकरण नगरी नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स दिनु गलत हुने धारणा राखेका छन्।

आइतबार प्रतिनिधि सभामा बोल्दै सांसद पराजुलीले यस्तो धारणा राखेका हुन्। उनले नेप्सेको स्तरउन्नतिमा प्राथमिकता दिनुपर्ने र नयाँ स्टक एक्सचेञ्जको स्थापना गर्ने प्रक्रिया पारदर्शी र मापदण्डयुक्त हुनुपर्नेमा जोड दिए।

सांसद पराजुलीले भने, ‘हामी प्रतिस्पर्धात्मक सेवा प्रदायक संस्था चाहन्छौं, तर नेप्से स्थिरीकरण नगरी, सुधार नगरी नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिनु झन ठूलो समस्या निम्त्याउने छ।’

रास्वपाले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रक्रियामा भ्रष्टाचार र घुसखोरी भएको आरोप लगाएको हो ।  संसदमा बोल्दै सासंद पराजुलीले भनेका छन्, ‘स्टक लाइसेन्स प्रक्रियामा जग्गा किनबेचको हल्ला छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पाँच अर्बसम्मको चलखेलको विषय उठाउनुले गम्भीर शंका उब्जाएको छ।’

अदालतको संवैधानिक इजलास र अख्तियारमा विचाराधीन मुद्दाहरूलाई वेवास्ता गर्दै सरकारले लाइसेन्स प्रक्रिया अघि बढाएकोमा हाम्रो घोर आपत्ति छ।

सरकारबाट स्पष्ट जवाफ माग गर्छौं।’ यसअघि प्रमुख प्रतिपक्ष दलका नेता तथा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पनि संसदमा सरकारलाई बिचौलियाको दबाबमा स्टक एक्सचेञ्ज लाइसेन्स दिन लागेको आरोप लगाएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here