काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले ल्याएको अध्यादेश ‘खाउँ भने कसको अनुहार, नखाउँ भने दिनभरिको शिकार’भनेको जस्तो भएको जनाएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले अहिलेको प्रधानमन्त्री प्राविधिक रुपमा जोड घटाउ, हिसावकिताब अलि गर्न नजान्ने भाष्य नै सिर्जना गरिसकेको जनाएका हुन् ।
उनले प्रधानमन्त्री मादल बजाउने, गितार बजाउने, सोसल साइडहरु पनि आफैंले ह्यान्डल गर्ने विपक्षी दलको नेताको मनतव्य सुन्न छाडेर टिकटकरहरुसँग गफ गरेर बस्ने गरेको आरोप लगाउँदै ‘ओलीको के खुस्कियो’अब यो बुझ्न बाँकी रहेको जनाए ।
साथै सांसद सापकोटाले यो सरकारले ल्याएको अध्यादेश घाँडो भएको बताए । उनले सकेसम्म प्रतिपक्षले यो अध्यादेश अस्वीकृत गर्ने जनाए ।


















