अमेरिका ‘टाट पल्टिने अवस्थामा आइपुग्ने

26

वासिङ्टन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नियुक्त गरेका डिपार्टमेन्ट अफ गभर्नमेन्ट एफिसियन्सी (डीओजीई)का प्रमुख एवं टेक कम्पनी एक्सका प्रमुख एलन मस्कले लागत कटौती नगरे अमेरिका ‘टाट पल्टिने अवस्थामा आइपुग्ने जनाएका छन् ।

डीओजीई प्रमुख मस्कले ओभल हाउसमा ट्रम्पलाई आफ्नो अध्ययनको जानकारी गराउँदै यस्तो बताएका हुन् । मस्कले अध्ययनबारे जानकारी दिँदै भनेका छन्, ‘अब पनि लागत बजेट कटौती नगरे अमेरिका टाट पल्टिन सक्छ।’

मस्कले गत आर्थिक वर्षमा १.८ ट्रिलियन डलरभन्दा माथि पुगेको भन्‍दै सार्वजनिक ऋणमा उच्च ब्याज भुक्तानीको लक्ष्य अघि सारेको बीबीसीले जनाएको छ ।

‘संघीय खर्च घटाउन वासिङ्टनका लागि यो ऐच्छिक होइन आवश्यक कार्य हो,’ उनले राष्ट्रपति ट्रम्पसँगको भेटपछि पत्रकारसँग भने, ‘ अमेरिकीहरूले रिपब्लिकन नेता ट्रम्पले निर्वाचन अभियानका क्रममा उठाएका मुद्दा अर्थात् ‘प्रमुख सरकारी सुधार’ को पक्षमा ट्रम्पलाई मतदान गरेका थिए । सरकारले यसैलाई पछ्याउनेछ।’

यद्यपि, संघीय न्यायाधीशहरूले ह्वाइट हाउसको लागत कटौती उपायहरूको वैधतामाथि प्रश्न उठाइरहेका बेला ट्रम्प प्रशासनले अमेरिकी अदालतहरूसँग टकरावको बाटोमा आफूलाई प्रस्तुत गरिरहेका बेला उनको यो टिप्पणी आएको हो।

ट्रम्पको योजना अनुसार केही संघीय एजेन्सीहरूलाई प्रभावकारी रूपमा बन्द गरेको छ र कर्मचारीहरूलाई घर पठाएर देशभरि कानुनी लडाईं सुरु गरेको छ।

धेरै मुद्दामा विपक्षीहरूले ट्रम्प प्रशासन अवैध शक्ति कब्जा गर्न चाहेको र प्रजातन्त्रलाई निमोठ्न खोजेको भन्‍दै चर्को रुपमा आलोचना गरिरहेका छन् । तर, यता, मस्कको टोली संघीय एजेन्सीहरूले भने धमाधम सहायता कार्यक्रमहरू फ्रिज गरिरहेको छ जसले काम गर्ने एजेन्सी र कार्यक्षमतामा ठूलो धक्का दिएको छ।

डीओजीईको दायरालाई रेखाङ्कन गर्ने एक कार्यकारी आदेशमा संघीय कार्यबल घटाउने योजनाको विवरण समावेश गरिएको छ । उक्त योजनाले एजेन्सीहरूलाई प्रस्थान गर्ने प्रत्येक चारको सट्टा केवल एक कर्मचारी नियुक्त गर्न निर्देशन गरेको छ ।

आदेशमा प्रत्येक एजेन्सीका प्रमुखले कुन रिक्त पदहरू भर्ने निर्णय गर्दा डीओजीईसँग अनिवार्य परामर्श गर्नु आवश्यक हुनेछ। स्पेसएक्स र टेस्लाका प्रमुखसमेत रहेका मस्कले सम्भावित स्वार्थको द्वन्द्वबारे सोधिएको प्रश्नमा आफू सकेसम्म पारदर्शी हुन चाहेको बताएका छन् ।

अमेरिकामा मस्कको कम्पनीले अमेरिकी सरकारबाट व्यापक लाभ लिइरहेको भनी खासगरी विपक्षी डेमोक्रेट्सहरूबाट मस्कको आलोचना हुन थालेको छ । डीओजीई सुधार टोलीले अमेरिकी ट्रेजरीमार्फत संवेदनशील तथ्याङ्क र रेकर्डहरूमा पहुँच प्राप्त गरेको भनी विरोधहरू बुलन्द पारिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here