श्रीमानको कुटाईबाट श्रीमतीको मृत्यु

277

बुटवल– सितगंगा–१ सुवर्णखालमा एक महिलाको ज्यान गएको छ । मृत्यु हुनेमा ३४ वर्षीया बसन्ता खत्री रहेको इलाका प्रहरी कार्यालय ठाडाले जानकारी दिएको छ ।

यहि जेठ २० गते अत्याधिक मदिरा सेवन गरेका मृतकका श्रीमान ३७ वर्षीय बिष्णु खत्रीले श्रीमतीलाई सामान्य झगडा हुँदा मुखमा हानेर घरको झ्यालमा टाउको ठोक्काई दिएका थिए। लगत्तै उनको मृत्यु भएको थियो ।

अहिले जिल्ला अदालतबाट म्याद थप गरि अभियुक्त थुनामा रहेका छन् ।

यसैगरी सितगंगाको सिद्धारा खयरभट्टीको जङ्गलमा एक वेवारिसे पुरूषको शव फेला परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here