काठमाडौं । धनकुटा, छथरजोरपाटी गाउँपालिका-५ परेवादिन बस्ने ४६ वर्षीय खेमराज थापा सोही ठाउँस्थित जंगलमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
उदयपुर, चौदण्डीगढी नगरपालिका-५ स्थित सगरमाथा सामुदायिक वनको कल्भर्टमा सोही ठाउँ बस्ने ४० वर्षीया खिक्रि सदा बुधबार मृत अवस्थामा फेला परेकी छिन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















