काठमाडौं । प्यालेस्टिनी उग्रवादी संगठन हमासले आज चार इजरायली बन्धकको शव फिर्ता गर्दैछ ।
शवमध्ये शिरी बिबास र उनका दुई वर्षीय बच्चा एरियल बिबास र केफिर बिबास पनि रहेका छन् । अर्को शव ओडेड लाइफशिट्जको हो ।
योसँगै हमासले शनिबार अरु ६ बन्धकलाई रिहा गर्नेछ । यो पहिला तय गरिएकोभन्दा डबल संख्या हो ।
केफिर हमासको कैदमा रहेका सबैभन्दा कम उमेरका बन्धक थिए । बन्धक बनाउँदा उनी केवल ९ महिनाका थिए । हमासको दाबी अनुसार नोभेम्बर २०२३ मा शिरी र उनको दुई बच्चा इजरायली बमबारीमा परी मारिएका थिए ।
यसअघि इजरायल र हमासबीच ६ चरणमा बन्धक आदानप्रदान भइसकेको छ ।


















