गुड्विल कन्सल्टले  १९ बार्षिकोत्सव मनाइयाे

36
काठमाडाैं । गुड्विल कन्सल्टले  १९ बार्षिकोत्सव कार्यक्रम शनिबार १० फागुन गते मनाएकाे छ।
स्टुडेन्ट भिषा, पार्टनर भिषा, भिजिट भिषा, फ्यामेली भिषाका साथ साथै नेपालबाटै जनरल स्किल्ड माईग्रेशन भिषाको लागि भिषा आबेदन तथा डकुमेन्टेशन सर्भिस सेवा प्रदान गर्नका लागि वि.सं. २०६२ सालको फागुन ९ गतेका दिनबाट आधिकारिक रुपमा दर्ता भई बिदेश जान इच्छुक ब्यक्तिहरुलाई परामर्श सेवा प्रदान गर्दै आएको गुड्विल कन्सल्टले सफलतम १९ बर्ष पुरा गरी २० बर्ष पुगेको उपलक्ष्यमा कार्यक्रमको आयोजना गरेको हो।
विविध भिषामा बिदेश जाने सपना बुनेकाहरुको सपना साकार गर्ने कामको यति लामो इतिहास बनाउन सफल हुनुको रहस्य भनेको गुड्विलको पेशागत इमानदारिता, पारदर्शी ब्यबहार, सहि तथा अचूक सुझाव तथा निर्देशन मात्र होइन, शुरुमै योग्य भिषा आबेदक मात्र चयन गर्ने क्षमता पनि हो।
संस्थाका प्राेपाइटर प्रविण शाही भन्नुहुन्छ “आफु जान चाहेको देशको भिषा प्रक्रियाबारे स्वयमले राम्ररी बुझेर आफू योग्य व्यक्ति भए मात्र भिषा प्रक्रिया अगाडि बढाएको खण्डमा भोलि आफु ठगिएको भनि बादबिबाद, मुद्दामामिला, झै झमेला, पुलिस प्रशासन धाउने झन्झट र अनावश्यक खर्च र आर्थिक क्षती हुनबाट जोगिन सकिन्छ भने झुठो कागजात बनाएर भिषा आबेदन गर्दा भिषा त क्यान्सिल हुन्छ सक्छ भने तर कालान्तरमा जीवनमा नमेटिने दाग पनि लाग्न सक्छ। त्यहि भएर गुड्विल कन्सल्टले सदैव व्यवसायिक शुद्धता र पेशागत मर्यादामा बिस्वास राख्दछ र यस्लाई अक्षुण्ण राख्दै अघि बढ्ने क्रम जारी राखेको छ।”
पुतलीसडकचोक घरैपिच्छे २/३ वटा कन्सल्टेन्सीहरु भएको भीडभाडयुक्त स्थान भएता पनि त्यो भीडभाड भन्दा टाढा कुमारीहल नजिक धोबिधारा मार्गमा बसेर आफ्नो सफलता १९ बर्ष पुरा गर्नुमा गुणस्तरीय सेवा दिने गुड्विलको अठोट र ग्राहकको सफलताको लागि दिनरातको कडा मिहिनेतले याे स्थानमा सम्म आई पुगेकाे जनाउँदै यति लामो समयको यात्रामा हामीलाई बिश्वास गर्नुहुने भिषा आबेदकहरु, भिषा आवेदकका परिवारजन, सहकर्मी लगायत सम्पूर्ण शुभेच्छुक शुभचिन्तक सबैमा गुड्विल कन्सल्ट हार्दिक आभारी रहने कुरा निर्देशन प्रबिन शाही व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here