एनआईसी एशिया लघुवित्तले लाभांश दिने

35

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडकोसञ्चालक समितिको १६८ औँ बैठकले हाल कायम चुक्तापूँजीको  १४.७५ प्रतिशत नगद लाभांश दिने भएको छ । शेयरधनीलाई लाभांशका लागि २५ करोड ६५ लाख ६७ हजार ४०० रुपैयाँ नेपाल राष्ट्र बैंकको स्वीकृति प्राप्त भई वित्तीय संस्थाको आगामी पाँचौ वार्षिक साधारण सभाबाट पारित भए पश्चात् लागु हुने गरी वितरण गर्ने निर्णय भएको हो ।

यस एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले स्थापना भएको पाँच वर्ष पनि पूरा गरेको छ । यस आ.व. २०७९/८० को दोस्रो त्रयमासको अन्त्य सम्ममा वित्तीय संस्थाले कुल २,०३,८६२ विपन्न परिवारमा लघुवित्त सेवा प्रदान गरेको छ । राष्ट्रिय स्तरको अग्रणि लघुवित्त संस्थाको रुपमा छोटो अवधिमै आफुलाई स्थापित गर्न सफल यस संस्थाले उत्पादनमुलक तथा कृषि क्षेत्रमा आधारित कर्जालाई प्राथमिकतामा राखि वित्तीय सेवाको पहुच नपुगेको क्षेत्रको पहिचान गरी सेवा प्रदान गर्ने नीति तय गरी अघि बढिरहेको कम्पनीले जनाएको  छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here