भरूवा बन्दुक सहित एक जना पक्राउ

24

कास्की । माछापुच्छ्रे गाउँपालिका-८ लुम्रेपाखा बस्ने ५९ वर्षीय मन बहादुर बिकलाई भरूवा बन्दुक २ थान र बारूद सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here