सवारी दुर्घटनामा तीन जनाको मृत्यु

25

काठमाडौं । झापा, बुद्धशान्ति गाउँपालिका-२ खतिवडा चोकस्थित सडकमा शनिश्चरेबाट जयपुरतर्फ जाँदै गरेको मे.९ प ७४८२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ७५ वर्षीया ईन्द्रमाया कार्कीको शनिबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको बिएण्डसि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै मोटरसाइकलको ठक्करबाट घाइते भएका साइकलमा सवार १ जनाको सिटी अस्पताल बुधबारेमा उपचार भइरहेको छ । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-३ हर्वलेचोकस्थित सडकमा ना.१ क ९१२९ नम्बरको टिपर शनिबार दिउँसो दुर्घटना हुँदा चालक मकवानपुर बागमती गाउँपालिका-६ फापरबारी बस्ने ३२ वर्षीय नर बहादुर वाईबाको घटनास्थलमै मृत्यु भएको छ ।

सिराहा, मिर्चैया नगरपालिका-७ स्थित सडकमा रोकी राखेको प्र.२-०१-००१ ख ००३६ नम्बरको टिपरमा प्र.३-०१-०२२ च ८७६४ नम्बरको पिकअप ठक्कर खाई आइतबार बिहान दुर्घटना हुँदा पिकअपका सहचालक सिन्धुली दुधौली नगरपालिका-१४ बस्ने २७ वर्षीय मिलन सुनारको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मनोकामना 3 अस्पताल मिर्चैयामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका पिकअप चालकलाई थप उपचारको लागि बिराटनगरतर्फ पठाइएको छ । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here