अवैध लागूऔषध सहित तीन जना पक्राउ

43

काठमाडौं ।  बारा, जीतपुरसिमरा उपमहानगरपालिका-२१ बाट अवैध लागूऔषध अफिम जस्तो  देखिने पदार्थ १ किलो ७ सय ५० ग्राम सहित मकवानपुर कैलाश गाउँपालिका-६ पकनी बस्ने  २१ वर्षीय रबिन्द्र मोक्तानलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी  कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.६३ प ८२६२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

झापा, दमक नगरपालिका-६ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय २०
ट्याब्लेट र स्पास्पेन १ सय २० ट्याब्लेट सहित पाँचथर मिक्लाजुङ गाउँपालिका-५ रबि बस्ने
२६ वर्षीय विशाल भुजेललाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी
कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९ सय
ट्याब्लेट सहित लमजुङ मर्स्याङ्दी गाउँपालिका-३ भुलभुले बस्ने ३० वर्षीय श्याम कुमार
तामाङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्‍ट मुग्लिन
पुलजिपबाट खटिएको प्रहरीले काठमाडौंबाट लमजुङतर्फ आउँदै गरेको बा.२ ख १४३९
नम्बरको माइक्रो बसमा सवार उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here