
काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले विदेशीको इसारामा देशको अर्थतन्त्र चलाउने अर्थमन्त्री हुन्जेल देशको अवस्था सुधार हुन नसक्ने जनाएका छन्।
संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले देशको प्रतिक चिन्हमा भिक्षा देऊ भनेर राख्न मात्र बाँकी रहेको जनाए ।
उनले देशको क्षमताअनुसार देशको अर्थतन्त्र चलाउने प्रधानमन्त्री र अर्थमन्त्री अहिलेको आवश्यकता भएको उल्लेख गरे।

















