आम सञ्चार विधेयकमाथि संशोधन प्रस्तावमा लागि समय खुला

40

काठमाडौं । आम सञ्चार विधेयकमाथि संशोधन प्रस्तावमा लागि समय खुला भएको छ ।

यो विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव मंगलबार प्रतिनिधिसभाले स्वीकृत गरेको छ । यो सँगै सांसदहरूका लागि संशोधन प्रस्ताव दर्ता गर्ने ७२ घण्टे समय सुरु भएको हो ।

यो विधेयक राष्ट्रिय सभाबाट पारित भएर प्रतिनिधिसभामा आएको हो ।

राष्ट्रिय सभामा दर्ता हुँदा विधेयकको नाम मिडिया काउन्सिल विधेयक थियो । राष्ट्रिय सभाले मिडिया काउन्सिललाई नेपालीमा रुपान्तरण गरेर आम सञ्चार विधेयक नाम राखेको हो ।

अब यो विधेयकमा सांसदहरूको संशोधन सहित एकीकृत रूपमा छलफल हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here